विराटनगर । साउदी अरबमा भएको दुर्घटनामा उदयपुरका रुपकसहित तीन नेपालीको मृत्यु भएको छ । सो दुर्घटनामा जम्मा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले मृत्यु भएको छ ।
साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएकोमा एक नेपाली इलामका सुकबहादुर लिम्बु रहेका छन् । लिम्बुको जिजानमा उपचार भइरहेको छ । अरेबियन कन्सोलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पोरेसन (एसीआईसी)कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा गर्ने कामदार दुर्घटनामा परेका हुन् ।