Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आन्तरिक मामिला मन्त्रालयमा मनाइयो सहिद दिवस



विराटनगर । आन्तरिक मामिल तथा कानुन मन्त्रालयमा आज सहिद दिवस मनाइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेवति रमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेप, कोशी प्रदेश सभा सदस्य शिला दिक्षित कार्की, मन्त्रालयका निमित्त सचिव कमल थापालगायतले सहिदहरुको तस्वीरमा मल्यार्पण गरेका थिए । कोशी प्रदेश सभासदस्य एवं न्याय प्रशासन तथा विधायन समितिकी सभापति कमला दर्नाललगायतले सहिदहरुको तस्वीरमा माल्यार्पण गरे ।

जहाँनीया राणा शासनको अन्त्य गर्न २००७ सालमा भएको आन्दोनल, दुई जनआन्दोलन र विभिन्न आन्दोलनमा सहिदहरुको सम्मानमा आज सहिद दिवस मनाइँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार