झापा । झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्दव थापामाथी कुटपीट भएको छ । प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।
झापा प्रहरीले थापाले कुटपिटबाट भएको र कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । कुटपिटमा संलग्न नेपाल विद्युत प्राधिकरण झापा ड्राइभरले थापालाई हातपत गरेका हुन ।
बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको झापाका एसपी मिलन केसीले बताए ।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ। सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेका हुन ।