Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

व्यवहारिक र व्यवसायिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री कार्की



झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ । बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आजको आवश्यकता अनुसार नै शिक्षाको सुधार भएको उल्लेख गर्नुभयो ।

शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई पनि रोक्न सकिने उहाँको धारणा थियो । प्रगति माध्यमिक विद्यालयले आज विद्यालयका निवर्तमान प्रधानाध्यापक डिल्लीराम अधिकारीको बिदाईका अवसरमा विद्यालय परिसरमा विषेश कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री कार्की आजै साझ अर्जुनधारा १ साधुटारमा आयोजित अभिषेकात्मक अतिरुद्र महायज्ञ तथा शंकराचार्यपीठ साधुटारको ४९औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएको थियो । साधुटारमा माघ १ गतेबाट सुरु भएको महायज्ञ ११ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार