फाइल तस्बिर
काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो । सूचना अनुसार यो वर्षको एसईई परीक्षा चैत्र ७ गतेदेखि सुरु हुने छ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । १९ गते परीक्षा सम्पन्न हुने छ ।
