Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्तुलित भएर अघि बढ्छु : प्रजिअ यादव



विराटनगर । मोरङका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेपाल सरकारका सहसचिव इन्द्रदेव यादवले सबै पक्षसँग सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे आफू जानकार रहेको भन्दै उनले आफु सन्तुलित भएर अघि बढ्ने बताए । प्रजिअ यादवले संघीय सरकारको प्रतिनिधिका हिसाबले कानुनको दायराभन्दा बाहिर गएर काम नगर्ने बताए । प्रजिअ यादव पुस २४ गते मोरङ हाजिर भएका हुन् ।

उनले आज (आइतबार) पत्रकारसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै विभिन्न विषयमा प्रतिबद्धता जनाएका छन् । ‘मोरङ भारतसँग सीमा जोडिएको जिल्ला हो । जनघनत्व पनि धेरै छ । राजनीतिक गतिविधि बढी हुन्छ । सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण छ । त्यही भएकाले सबै पक्षलाई मिलाएर लैजानुपर्ने हुन्छ,’ प्रजिअ यादवले भने ।

जिल्लाका चुनौतीको विश्लेषण एवं पहिचान गर्दै सबै पक्षसँग समन्वय गरेर काम गर्न आफूले चाहेको उनले बताए । बढ्दो सुरक्षा चुनौतीको विश्लेषण गरेर त्यही हिसाबले सुरक्षा व्यवस्था मिलाइने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार