Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भरुवा बन्दुकसहित धरानमा पाँचजना पक्राउ



विराटनगर । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गएराति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरेको हो ।

इटहरी –१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा हातहतियार फेला परेको हो । उनीहरु कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार