Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा सीमास्तम्भ मर्मत सुरु



झापा । झापामा नेपाल भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत गर्न थालिएको छ ।

नेपाल भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णयानुसार नेपालका तर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत गर्न थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले बताए ।

मेचीनगनर नगरपालिका १५ सिसुवाडाँगीस्थित सानो सीमा स्तम्भ नं ९५ १२ बाट मर्मतसम्भार कार्य थालिएको छ।

झापामा भारतसँग नेपालको सीमा जोडिएको १४४.२ किलोमिटर क्षेत्रअन्तर्गत रहेका १०७ सीमा स्तम्भ मर्मतसम्भार गरिनेछ । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधि, भारतीय सीमा सुरक्षा बल (एसएसबी), स्थानीयवासीको उपस्थितिमा सीमा स्तम्भ मर्मत सुरु गरिएको हो ।

सीमा क्षेत्रमा रहेका सीमा स्तम्भमध्ये सन् २०१४ पछि निर्माण गरिएका बिजोर नम्बरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलले मर्मतसम्भार गर्ने निर्णयानुसार गत वर्षदेखि दुवैतर्फ सीमास्तम्भ मर्मत कार्य हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार