Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फरक क्षमता भएकाहरुलाई लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको सहयोग



विराटनगर । लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले ग्रामथान १ लखन्तरिमा शारीरिक रुपमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिहरुलाई जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ ।

एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई न्यानो कपडा हस्तान्तरण गरिएको लायन फडिन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरुलाई लायन्स ईन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘सि’ का निवर्तमान गभर्नर विजयहरि शर्मा, ग्रामथान गाउँपालिका १ का वडा अध्यक्ष सुरेशकुमार माझी , डिस्ट्रीक्ट भिजन चिफ लायन बाबुराम ढकाल, क्लबका पुर्वअध्यक्ष मोहन अधिकारी, विराटनगरका समाजसेवी शैलेशराज आचार्य , क्लब कोषाध्यक्ष अजय गिरी लगायतले ज्याकेट, कम्बललगायतका न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

लायन्स क्लबले समय सापेक्ष रुपमा गरिब, असाहय तथा विपन्नहरुलाई सहयोग गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार