विराटनगर । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सरोकारवालासँग छलफल गरेका छन् ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक लाइट व्यवस्थापन, ट्राफिक सचेतना र ट्राफिक व्यवस्थापनका सम्बन्धमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज छलफल भएको हो । छलफलमा मन्त्री रेवती रमण भण्डारी र मन्त्रालयको निमित्त सचिव कमल थापा , इटहरीका ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेलगायतका सहभागी थिए ।
कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न सहरमा ट्राफिक लाइट जडान गरिरहेको छ । छलफलमा मन्त्री भण्डारीले अहिले प्रदेश भित्र रहेका ट्राफिक जनशक्तिको अवस्था, दुर्घटनाका अवस्थाको विषयमा जानकारी लिँदै ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।