Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सबै क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्न आवश्यक : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यक्ता रहेको बताएअका छन ।

नेपाल बार एशोसिएशन महिला कानून व्यवसायीहरु महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलनको आज समापनका अवसरमा उनले न्याय सम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धि लागि विशेष प्रोत्साहन दिनु पर्ने सुझाव दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानून व्यवसायीहरुको विराटनगर घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

उनले महिलाहरु इमान्दार र सक्षम हुनाले उनीहरुलाई प्राथमिकता दिएमा घर, समाज र राष्ट्रले समृद्धि कायम गर्ने विचार राखे।
मुख्यमन्त्री कार्कीले प्रदेशले विस २०८२ मनाउने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरुको राष्ट्रिय स्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले स्थानीय पालिकालाई महिला कानून व्यवसायी राख्न सुझाव दिंदै यसवाट पालिकाको न्याय सम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने आफ्नो संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभा हल निर्माण गर्ने सोचले कार्य गरिरहेको जानकारी समेत दिए ।

नेपाल वार एशोसिएशन कानुन व्यवसायी महिला समितिका अध्यक्ष आशा राई, नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे,वरिष्ठ अधिवक्ता चुडामणी आचार्य र नेपाल बारका पूर्व केन्द्रीय सदस्य कविता वस्नेत थापाले महिलाहरुलाई कानुन व्यवसायीहरुमा आउनका लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ अधिवक्ता कविता बस्नेतले विराटनगर राष्ट्रिय सम्मेलनको ३१ बुँदे घोषणा पत्र सार्वजनिक गरिन । सो अवसरमा मुख्यमन्त्री कार्कीलाई महिला कानुन व्यवसायी समितिका अध्यक्ष राईले ३१ बुँदे घोषणा पत्र हस्तान्तरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार