Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले खोस्यो भीम रावलको पार्टी सदस्यता



काठमाडौं । नेकपा एमालेले नेता भीम रावलको पार्टी सदस्यता खोसेको छ । आज बसेको एमाले सचिवालय कमिटीको बैठकले रावलको सदस्य खोसेको हो ।

बैठकपछि निर्णयका विषयमा जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवलीले निरन्तर पार्टीविरुद्ध गतिविधि गरेको कारण सदस्यतामुक्त गरिएको बताए । उनले भने- ‘क. भीम रावललाई सल्लाहकारको जिम्मेवारी दिएको भएपनि पार्टी हितविपरित गतिविधि निरन्तर गरिरहेको कारण पार्टी सदस्यतामुक्त गरिएको छ ।’

बैठकले केन्द्रीय कमिटीको ८ औँ बैठक पुष २१ र २२ गते काठमाडौं केन्द्रीय कार्यालयमा गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार