बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ११ मा रोकिराखेको कारभित्र एकजनाको शव फेला परेको छ ।
बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।
कसैले गोली हानेर उनको हत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन् । घटनाका विषयमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली घटनास्थलमै पुगेर अनुसन्धान सुरु गरेको छ ।
घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए ।