Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

तीन बामपन्थी दलसँग एकताको लागि प्रचण्डको वार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् ।

तर उनले कुन–कुन दलसँग वार्ता भएको हो विषयमा भने केही बोलेनन् । स्रोतका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गर्दै वार्ता गरेका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको भन्दै अब वृहत एकता र धुवीकरणको बाटो फराकिलो बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार