Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी आज बिहीबार दिउँसो स्वदेश फर्किएका छन् । उनी हिमालयन एयरलाइन्समार्फत स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेइजिङ प्रस्थान गरेका थिए ।

चीन भ्रमणमा रहँदा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले मंसिर १८ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गरेका थिए ।

प्रधानमन्त्रीको चीन भ्रमणमा बेला नेपाल र चीनबीच १० समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार