काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । उनीहरुलाई पनि प्रहरीले कीर्तीपुर मैदानबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।
उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।