Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पितृको मोक्षका लागि शतबीज छरियो



काठमाडौं । आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात आज देशभरका शिवालयहरुमा शतबिज छरिएको छ । आज पशुपतिनाथ, पूर्वको हलेसी, अर्जुनधारा, सुनसरीको रामधुनीलगायत देशभरका शिवालयहरुमा शतबीज छरिएको छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै नदीमा दीप सेलाउने र शतबिज छर्ने गर्दछन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शिवालय क्षेत्रमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार