Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आजदेखि एनपीएल सुरु हुँदै



काठमाडौं । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमिएर लिग (एनपीएल) प्रतियोगिता सुरु हुँदै छ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् ।

हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आजबाट सुरु हुन लागेको एनपीएलको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागी गराएको कारण समेत चर्चामा छ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्व दिएका छन् । आ–आफ्नो टिमको मनोबल बढाउन प्रदेश सरकारदेखि प्रायोजकले विभिन्न पुरस्कार घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार