Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै



काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जान लागेकी हुन् ।

चीनमा रहँदा मन्त्री राणाले शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नेछिन् । छेङ्दुमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रायलले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीको भ्रमण, दुई देशको आपसी हितका विविध विषयमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री राणा आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने कार्यक्रम रहेको छ । उनी शनिबार फर्कनेछिन् । आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै छन् ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार