काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले भोलि सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईले बताउनुभयो । ढुंगानाका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गराउनुहुन्छ । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै हुनुहुन्छ ।
उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । भट्टराईका अनुसार नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भएको छ ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना हुनुभएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।