Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु



झापा । छिमेकीको घर भत्काउन थालेपछि हात्ती धपाउन गएका एक जनाको झापामा हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार