काठमाडौं । झापामा छिमेकीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाह्रदशी गाउँपालिका ५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजंशीले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको जनाएको छ ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई आक्रमण गरेका थिए । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।