Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले इलाम अध्यक्षमा बराल निर्वाचित



विराटनगर । नेकपा एमाले इलामको अध्यक्ष पदमा गणेश बराल निर्वाचित हुनु भएको छ । एमाले इलामको ११ औँ जिल्ला अधिवेशनले सचिवमा रवीन्द्र सुवेदी निर्वाचित हुनु भयो ।

सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास असफल भएपछि एमाले इलामको नेतृत्व निर्वाचनबाट चयन गरिएको थियो । अन्तिम मतगणना अनुसार अध्यक्षमा नरेन्द्रनाथ भट्टराईलाई पराजित गर्दै बराल निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा उदय राई विजयी हुनुभयो ।

उपाध्यक्षमा उमेश गुरुङ र बुद्धि खनाल पनि उमेद्वारी दिनुभएको थियो । सचिवमा सुवेदी विजयी हुँदा प्रकाश अधिकारीलाई पराजित बन्नुभयो । उपसचिवमा रमेश राई र दिलु लावती विजयी हुनुभएको छ ।

एमाले इलामको अधिवेशन बिहीबार सुरु भएको थियो । अध्यक्षमा निर्वाचित बराल जिल्ला समन्वय समिति इलामका पूर्व प्रमुख हुनुहुन्छ । सचिवमा निर्वाचित रवीन्द्र यस अघि उपसचिव हुनुहुन्थो ।

प्रतिक्रिया
सम्बन्धित समाचार