काठमाडौं । नेकपा एमालेले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा तुल्सीराम विश्वासलाई अघि सारेको छ । सत्तारुढ दल नेकपा एमालेको आज बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । बैठकले सिंगो पार्टी पंक्ति मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुने भएको छ ।
आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेसँगै पार्टी उपनिर्वाचनमा केन्द्रित भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । झापाको कन्काई नगरपालिका ६ का वडाध्यक्षमा तुलाराम बस्नेतलाई उठाउने निर्णय गरेको छ । मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ ।