काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३।१ ओभरमा ११९ रनमा अलआउट भयो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।
लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।