Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मन्त्री अधिकारीको राजीनामा स्वीकृत



विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार उहाँले बुझाउनु भएको राजीनामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वीकृत गर्नुभएको हो ।

सो मन्त्रालयको जिम्मेवारीपनि हाललाई मुख्यमन्त्री कार्कीले आफैले राख्नु भएको छ । मन्त्री अधिकारीले पूर्वस्वीकृति बेगर नै जापान भ्रमण गएको विवादका कारण राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार