काठमाडौं । सर्लाहीमा पोखरीमा कार डुबेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको हो ।
आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका १० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका ८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।
गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ । कार पोखरीमै छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला २ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।