Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौन्दर्यकर्मीको शुभकामना आदानप्रदान सम्पन्न



विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदन–प्रदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरमा आज युनियनले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नेपालीहरुको चाडपर्वले सामाजिक सदभाव कायम गरेर अगाडी बढने बताउनुभयो । उहाँले महिलाहरुको स्तर उन्नती र क्षमता अभिवृद्धी गर्दै स्वरोजगार बनाउन महानगरपालिका लागि परेको बताउनुभयो ।

कार्यक्रममा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले नेपालीहरुलेको चाडपर्वले भाइचारा कायम हुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले योगदानमा आधरित सामाजिक सुरक्षा कोष तीन तहको सरकारले कार्यन्वयन गरेर अगाडी लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीले चाडपर्वहरुले नेपाली समाजलाई समुन्नत बनाउन, सामाजिक सहिष्णुता र सदभाव कायम गर्न ठूलो सहयोग मिल्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेलले संचालन गरेको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकी अध्यक्ष भली सुब्बा, ट्रेड युनियन नेपालका केन्द्रीय उपाध्यक्ष मनोज मगरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सौन्दर्यकर्मीहरुले नाचगान गरेर समेत मनोरञ्जन गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार