Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कञ्चनपुरमा दम्पती मृत फेला, हत्या भएको आशंका



धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला आज बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले दम्पती नै बिहान आँगनमा मृत फेला परेका बताउनुभयो ।

शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार