Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

समितिमा विचाराधीन विधेयक आगमी अधिवेशनमा पेश गर्न सभामुखको निर्देशन



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।

आज सभामुख घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले कुन समितिमा कति विधेयक रहेका छन्ने भन्ने जानकारी लिँदै त्यसलाई पास गर्न लाग्ने समयका विषयमा समेत चासो राख्नु भएको थियो ।

समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएपछि अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको बताएका छन् । बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्तmा हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार