Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बीपी राजमार्ग रातभर बन्द गरिने



काठमाडौं । बीपी राजमार्गको धुलिखेल भकुण्डेबेँसी खण्डमा राति १० घण्टा सडक बन्द हुने भएको छ ।
बेलकुी ६ बजेदेखि बिहान ४ बजेसम्म सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोलेर सवारी साधन सञ्चालन गरिएको छ ।

नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार