काठमाडौं। वीपी राजमार्गमा भोलि मंगलबारदेखि रुट अनुमति लिएका गाडीहरु सञ्चालन हुने भएका छन् । सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।
दशैंका लागि घर गएकाहरु फर्किने समय भएकाले यातायात व्यवसायीहरुले आज सोमबारदेखि ठूला बसहरु समेत चलाउन खोजेपनि चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या रहेको कारण आजलाई रोकिएको हो ।
साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानीपूवर्कक सञ्चालन गर्न दिन लागिएको डिभिजन प्रमुख सीडीई सुमन योगेशले बताउनुभयो ।
भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ ।