काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा ९४ वर्षीय दाज डुण्डीराज पौडेलको हातबाट टिका तथा जमरा ग्रहण गर्नुहुने छ ।
उहाँले शीतल निवासमा शुभ साइतमा दाजुको हातबाट र गुरुहरुबाट टीका लगाउने राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
राष्ट्रपति पौडेलले दिउँसो भने शीतल निवासमै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ । आज दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने सूचनामा उल्लेख छ ।