Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुई बालकको मृत्युको घटनामा क्रसर उद्योगले २६ लाख दिने सहमति



विराटनगर । मोरङमा बिहीबार क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको घटनामा क्रसर सञ्चालकले पीडित परिवारलाई २६ लाख रुपैयाँ दिने सहमति भएको छ ।

शुक्रबार दिउँसो केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको कार्यकक्षमा भएको छलफलमा सञ्चालकले मृतकका आफन्तलाई क्षतिपूर्ति र राहत बापत २५ लाख रुपैयाँ नगद दिने र घर बनाइदिने सहमति भएको हाे ।

बिहीबार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसर उद्योगले उद्योग परिसरमा क्रसरले बनाएको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेनको मृत्यु भएको थियो ।

क्रसरमा गाउँपालिका अध्यक्ष मिरिङचिङका बुवा नवीन पनि लगानीकर्ता हुन् । यो क्रसरमा गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बालकको मृत्युमा कसैको दोष नदेखिएको बताए । यो घटना भवितब्य भएकाले त्यसै अनुसार अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार