Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३६ पुग्यो, १९ जना बेपत्ता



काठमाडौं । असोज ११ र १२ गते परेको वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

१ सय १४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २ सय ३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ ।

गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारी अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ ।

बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।
बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३ स य१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।

११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार