Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वमुख्यमन्त्री कार्कीले सिडियोलाई थर्काउनु गलत : यदु विष्ट



विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले पूर्वमुख्यमन्त्री केदार कार्कीले केही दिन अघि फोन गरेर गाली गरेको विषयमा प्रतिकृया दिँदै गलत भएको बताउनुभएको छ ।

आज काँग्रेस प्रदेश कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विष्टले आफूले भिडियो नहेरेको भन्दै गाली गरेको भए त्यो गलत भएको बताउनुभयो ।

उहाँले सिडियोले केही गल्ती गरेको भएपनि कानूनी कारबाहीको लागि प्रकृया भएको भन्दै पूर्वमुख्यमन्त्री जस्तो व्यक्तिले गाली गलौजमा उत्रिन नहुने बताउनुभयो ।

विष्टले भन्नुभयो – ‘ पूर्वमुख्यमन्त्री भइसकेको व्यक्तिले त्यसरी गाली गर्नुभयो भन्ने मलाई लाग्दैन, तर समाचारमा आएजस्तै हो भने उहाँले गलत गर्नुभयो ।’

काँग्रेस प्रदेश समितीले काठमाडौंबाट दशैंमा घर फर्किने कोशी प्रदेशका नागरिकहलाई सहज रुपमा आउन व्यवस्था गर्नु पर्ने माग गरेको छ । यस्तै मुलुकमा भ्रष्टाचार र महँगी बढ्दै गएको भन्दै काँग्रेसले सरकारको ध्यानार्षण समेत गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विष्टले काँग्रेसको प्रदेश सम्मेलन चाँडै हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार