Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोलीदेखि विराट सडक महोत्सव सुरु हुँदै



विराटनगर । विराटनगरको हिमालय रोडमा भोलिदेखि चौथो सडक महोत्सव सुरु हुँदै छ ।

७ दिने सडक महोत्सवको तयारी पूरा भएको आयोजक मन्जिना मुभिज कृएसनका अध्यक्ष जतिन ताम्राकारले बताउनु भयो ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले असोज २३ गतेसम्म संचालन हुने जानकरी दिनुभयो । महोत्सव भोलि बेलुका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले गर्नु हुने छ ।

महोत्सव बेलुका ५ बजेबाट सुरु हुने छ । स्थानीय व्यापारीहरुले हिमालय रोडमा मेला महोत्सव गर्न नहुने भन्दै विरोध गरेका थिए ।  महोत्सव आयोजक र स्थानीय व्यापारीसँको ६ बुँदे सहमती भएपछि अवस्था सहज भएको अध्यक्ष ताम्राकारले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार