Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा भोलिदेखि झरी पर्ने



काठमाडौं । भोलिदेखि फेरि कोशी प्रदेशमा दुई दिन झरी पर्ने भएको छ । पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षा तथा बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा भने रोकिँदै पर्दै गर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ । त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेल यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार