Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो सवा ४ बजे स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीसहित भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय थियो ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार