Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बाढी, पहिरो र डुवानमा मृत्यु हुनेको संख्या १ सय ८८ पुग्यो, ४१ जना बेपत्ता



काठमाडौं । पछिल्लो पटक हिजोसम्म आएको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ । देशका विभिन्न स्थानमा भएका विपद्का घटनामा बेपत्ता हुनेको संख्या ४१ रहेको छ ।

गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।

यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १ हजार ३ सय २७ घरमा क्षति पुगेको छ । विभिन्न १९ स्थानमा सडकमा भत्किएका छन् ।

३६५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार