भोजपुर । हेर्ने कथा युट्युव च्यानलको डकुमेन्ट्रीबाट चर्चा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले जग्गा, हातेट्रयाक्टर र एक हल गोरु सहयोग गर्नुभएको छ ।
तामाङले भने अनुसार ५ रोपनी ३ आना जग्गा, एक हल गोरु र एक वटा हाते ट्रयाक्टर सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्न पूर्वमुख्यमन्त्री राईको दम्पती नै तामाङको घर भोजपुरको प्रकाश तामाङको घर भोजपुरको सडानन्द नगरपालिका १० साम्पाङ पुग्नु भएको थियो ।
केही दिन अघि पूर्वमुख्यमन्त्री राईको दम्पतीसँगको भेटमा भोजपुरमै आमाबुबाको सेवा गर्दै बस्नका लागि केही खेत र हल गोरु भए सहज हुने बताएका थिए । प्रकाशकै घर छेउकै जग्गा उनकै नाममा नामसारी समेत गरिएको राईले जानकारी दिनुभयो । पूर्वमुख्यमन्त्री राईले गाउँमै बसेर कृषि पेशा गर्ने सम्मानयोग्य कुरा राखेपछि सहयोग गरेको बताउनुभयो ।
अहिले गाउँ छोडेर सहर र विदेश पस्ने लहर लागिरहेको बेला तामाङले गाँउमै बस्ने अठोट गरेका कारण पनि प्रकाशलाई सहयोग गरिएको राईको भनाइ छ । केही समय अघि पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई एक लाख रुपैयाँ सहयोग समेत गर्नुभएको थियो ।