विराटनगर । कोशी ब्यारेजको पछिल्लो तथ्यांक अनुसार पानी बहाव ५ लाख ७९ हजार ३ सय ९० क्युसेक पुगेको छ ।
ब्यारेज कन्ट्रोल रुमले बेलुकी ७ बजे गरिएको मापन अनुसार पानीको बहाव ५ लाख ७९ हजार ३ सय ९० क्युसेक रहेको छ । पानीको स्तर लगातार बढ्ने क्रममा रहेको जनाएको छ ।
काशी ब्यारेजका ५६ वटै ढोका खोलिएको भएपनि पानी पुलमाथि बाटै बग्न सुरु भएको छ । दिउँसोबाट कोशी पुलबाट अत्यावश्यक बाहेक सवारी आवागमनमा रोक लगाइएको छ ।