विराटनगर । धनकुटा र पाँचथरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए ।
पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।