विराटनगर । नेकपा एमाले विराटननगर महानगर संगठन कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगर स्थित पार्टी कार्यलयलमा आयोजित कार्यक्रममा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका हुन् ।
एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ ईञ्चार्ज जीवन घिमिरेले नव निर्मित कमिटीलाई सपथ ग्रहण गराए ।
सपथग्रहणमा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा , कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर ईञ्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूले नवनिर्मित कमिटीलाई शुभकामना व्यक्त गरे ।
नेकपा एमाले जिल्ला संगठन कमिटी मोरङको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो । कमिटीको उपाध्यक्ष सुनिता गिरी श्रेष्ठ, सचिवमा बलराम गिरी (नवीन), उपसचिवमा अन्ताज हुसेन र गणेश साह नियुक्त भएका छन् ।