विराटनगर । प्रदेश योजना आयोगको सदस्यमा विराटनगर ४ कि प्रमिला गच्छदार र सुनसरीको बराहक्षेत्रका नारायण कोइराला नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को आज्को बैठकले काँग्रेस कोटाबाट उनीहरुलाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका दुई सदस्यले हिजो दिएको राजीनामा आजै स्वीकृत गरेको छ । दुई जनाले दिएको राजीनामा स्विकृत गर्दै दुई जना प्रदेश योजना आयोगमा थप गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले बताए ।
माओवादी कोटाबाट नियुक्त भएका विराटनगरकी नमिता न्यौपाने र सुनसरी धरानका भवानी बरालले राजीनामा दिएका हुन् ।