विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको आयोजनामा कोशी प्रदेश सभा परिसरको सरसफाइ गरिएको छ । आज मंगलबार बिहान एमाले सांसदहरुले सभा परिसरका सरसफाइ गरेका हुन् । सरसफाइका एमालेबाट मन्त्री बनेकाहरुको समेत सहभागिता संयोजक इश्वरचन्द्र दुलालले बताउनुभयो ।
सुशासन कायम गर्न स्वशासन हुनु पर्ने र त्यसका लागि सरसफाइ पहिलो सूचक रहेको कारण सरसफाइ गरिएको उहाँले बताउनुभयो । उहाँले डेंगु लगायतका रोगको संक्रमण समेत हुनसक्ने अवस्था रहेकोले पनि सरसफाइ गरिएको प्रस्ट्याउनुभयो ।
सरसफाइ कार्यक्रममा सहभागी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सरसफाइ सम्बन्धि जनचेतना जगाउन प्रदेश सभा परिषरको सरसफाइ गरिएको बताउनुभयो ।
डेंगु लगायतका रोगको संक्रमण देखिने क्रम बढ्दो रहेको अवस्थामा सरसफाइ सम्बन्धि सचेतना आवश्यक रहेकोले यो कार्यक्रमको आयोजना गरिएको राज्यमन्त्री राईले बताउनुभयो ।
