काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले चालेको हरेक कदम असफल भएको उनको दाबी छ ।
शहीद प्रतिष्ठानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू सत्ताबाट बाहिरिएपनि जितेको महसुस भएको बताए । फरक प्रसंगमा उनले जनयुद्धलाई हत्या, हिंसा भनेको भन्दै यो अभिव्यक्ति नसच्याएसम्म आन्दोलन नछाड्ने बताए ।
प्रतिनिधिसभामा उपस्थिति कमजोर भएपनि माओवादी कमजोर नभएको भन्दै उनले सबै पूर्वमाओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको बताए । माओवादीको मर्म र मुद्धा साझा रहेको भन्दै सबै माओवादी एकीकृत भए ठुलो शक्ति बन्ने उल्लेख गरे ।