काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)को फोटो भएको टसर्ट लगाएर इन्द्रजात्रामा पुगेका बालेन समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ । इन्द्रजात्रामा सहभागी हुन हनुमानढोका पुगेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेले दुई पक्षबीच झडप हुने अवस्था देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।
ुइन्द्रजात्रामा सहभागी हुन स्थानीय युवाहरू भने कुमारीको तस्बिर अंकित टिसर्ट लगाएर पुगेको र बालेनको तस्बिर भएको टसर्ट लगाएका उनीहरु पुगेपछि केही स्थानीय कुटपिट पनि गरेका थिए ।
भिआइपी सहभागी हुने कार्यक्रममा धरपकडको अवस्था आउन नदिन उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका १३ जनालाई अहिले जनसेवा वृत्त परिसरमा राखिएको घिमिरेले बताए।