Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाको राष्ट्रिय भेला सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो ।

भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । सङ्गठन विभागका प्रमुख समेत रहेका कबीन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाबाट प्रथम महाधिवेशनको मिति तय हुने छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।

भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार