Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सहकारी छाबिन समितिको प्रतिवेदन संसदमा पेश



काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदन आजको संसद बैठकमा पेश भएको छ । आज नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले बैठकमा पेश गर्नुभएको हो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए । समितिले ५५ जनासँग सोधपुछ गरेको र फरार रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको छ ।

४० वटा सहकारीको वित्तीय विष्लेषण गर्दा बचत तथा ऋण सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा बताए । सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको बताए।

१४ वटा सुझाव दिएको सभापति थापाले जानकारी दिए । गोरखा मिडियाको रकमबारे ८ वटा सुझाव पेश गरेको जानकारी दिए । सहकारीका सञ्चालकहरुको विबाह, सम्बन्ध विच्छेद र लेखा परीक्षण रिपोर्टहरु नक्कली रहेको उनले बताए । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन हिजो बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार